चल्यो चिनियाँ चलचित्र क्षेत्र



काठमाडौं साउन ५ । कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरी खुल्न थालेका छन् ।

सोमबार चलचित्र हेर्नका लागि धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीहरुले जानकारी दिएका छन् । हल सञ्चालन गर्न र टिकट काट्न अधिकारीहरुले अघिल्लो हप्ता सूचना जारी गरेका थिए ।

कोरोना भाइरसको जोखिम कम भएका ठाउँमा हलहरु खोल्न र सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको थियो ।

सरकारी अधिकारीहरुको आग्रह अनुसार सिन्च्याङ, साङ्घाई, बेइजिङलगायतका ठाउँमा चलचित्र हलहरु सञ्चालनमा आउन थालेका हुन् ।

देशको पूर्वी सहर साङ्घाईमा त साङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि आउदो शनिबारदेखि शुरु हुने भएको छ । त्यसका लागि सोमबार विहान टिकट खुल्ला गरेको दश मिनेटमै एक लाख टिकट विक्री भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्