भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, एकै दिनमा ३७ हजारभन्दा बढीमा संक्रमण पुष्टि



नयाँ दिल्ली ६ साउन । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीले मंगलबार दिएको जानकारी अनुसार एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् ।

पछिल्लो २४ घन्टामा भारतमा ३७ हजार १४८ जना कोरोना भाइरस संक्रमित थपिएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ५५ हजार १९१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्