अन्तरिक्षमा हतियारसहितको स्याटेलाइट प्रक्षेपण गरेको रुसमाथि आरोप



काठमाडौं साउन ९ । अन्तरिक्षमा हतियारसहितको स्याटेलाइट (प्रोजेक्टाइल) प्रक्षेपण गरेको रुसमाथि आरोप लागेको छ । उक्त प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका जुनसुकै स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने भन्दै अमेरिका र बेलायतले त्यसो आरोप लगाएका हुन्न् ।

रुसले हालै ‘एक्च्युअल इन अर्बिट एन्टी स्याटेलाइट हतियार’ प्रक्षेपण गरेको अमेरिकाको विदेश विभागले जनाएको छ । यसअघि रुसको रक्षा मन्त्रालयले रुसी अन्तरिक्ष सामग्रीको क्षमता वा अवस्था थाहा पाउनका लागि नयाँ प्रकारको प्रविधि प्रयोग गरेको बताएको थियो ।

बेलायतले भने पहिलो पटक रुसमाथि अन्तरिक्षमा हतियार प्रक्षेपण गरेको अभियोग लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्