कौशल बलायरले ल्याए ‘आँगनीमा’तीजगीत



काठमाडौं साउन ९ । चर्चित गायक गायिका राजु परियार, टिका पुन, प्रभावन जे, गीता देवी, माही बडु र बाल गायक कौशल बलायरको स्वरमा तीजगीत ‘आँगनीमा’ सार्वजनिक भएको छ ।

डिएआर मुभिजको निर्माणमा कलसी रोकायाको प्रस्तुति कौशल बलायरको तीजगीत ‘आँगनीमा’मा शब्द तथा लय कलशी रोकायाको रहेको छ । पार्श्‍व स्वर स्मृति शाही, पुष्पा बोहरा र मुना रोक्काको छ ।

भिडियोको निर्देशन प्रभावन जे को रहेको छ । अभिनयमा सारिका केसी, चक्र बम, रश्मि भट्ट, प्रलाद खरेल, गीताञ्जली बलायर, रिता अधिकारी, बुवन विक बालकलाकार कौशल बलायर, नवोदिता गिरि र दिप्ति रतालाले गरेका छन् । सहायक निर्देशन राजाराम गौतमले गरेका छन् । निर्माण नियन्त्रक विवेक चौलागाईंको रहेको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । कोरियोग्राफर सन्तोष राजवाहकको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्