नुवाकोटका गायक अधिकारीको गजल भिडियोमा



विदुर,साउन १० । नुवाकोटका गायक बैकुण्ठ अधिकारीको स्वरमा रहेको गजल ‘बाटो भन तिम्रो गाउँको’ म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ । इभरग्रिन बल्र्डवाइड इन्टरटेण्टमेन्टको ब्यानरमा निर्मित भिडियोको छन्दे युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोको निर्देशन गोपाल ढकाल ‘छन्दे’ले गरेका छन् । गजलकार कपिलदेव खनालको शब्द रहेको ‘बाटो भन तिम्रो गाउँको’ मा स्वर र संगीत दुवै गायक अधिकारीको छ । संगीत संयोजनमा शैलेन्द्र बच्चा छन् । केएमएस रेकडिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गजलको भिडिओ तयार गर्न क्यामरामा हर्कमान वाईबा र भिडियो सम्पादनमा दिन्शन शाह छन् ।

१५ वर्ष अघि लेखिएको गजल म्युजिक भिडियोसहित बजारमा आएकोमा रचनाकार खनालले सामाजिक सञ्जालमार्फत् आश्चर्य र खुसी एकसाथ ब्यक्त गरेका छन् । रोमान्टिक यस गजलले श्रोता र दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको गायक तथा संगीतकार बैकुण्ठ अधिकारीले प्रतिक्रिया दिएका छन् ।

उनी हाल युरोप छन् । उनको स्वरमा झण्डै एक दर्जन गीत तथा गजलहरु रेकर्ड भएको छ । केही नेपाली चलचित्रमा समेत संगीत र गाउनको भुमिका निर्वाह गरिसकेको अधिकारीले नेपाल आइडलको पछिल्लो संस्करणमा पर्दापछाडी रहेर ‘जज’को भूमिका समेत निर्वाह गरेका थिए ।

गायक तथा संगीतकार अधिकारी नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका हुन् ।भिडियोको निर्देशन गोपाल ढकाल ‘छन्दे’ले अधिकारीको गायत तथा संगीत रहेको केही गीत तथा गजलहरुको भिडिओ निर्माणको क्रममा रहेको र केही समयपछि उनका थप सांगितिक कोशेली बजारमा आउने बताएका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्