जर्मनीको वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किँदा दुर्घटनाग्रस्त, ३ को मृत्यु



काठमाडौं साउन ११ । जर्मनीमा एउटा सानो आकारको विमान घरमा ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीका अनुसार जर्मनीको उत्तर–पश्चिमी क्षेत्र वेसेलमा माइक्रोलाइट विमान घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।
मृतकहरुको पहिचान खुलाइएको छैन । दुर्घटनामा एक बालक घाइते भएका छन् ।

विमान ठोक्किएको घरमा छानोमा क्षति पुगेको छ । सो विमान मार्लेबाट उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्