को को परे नेकपा नुवाकोटको २९ विभागका प्रमुख-उपप्रमुखमा [नामावलीसहित]



काठमाडौं साउन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजार भन्दा बढी रहने निर्णय गरेको छ ।

शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको पहिलो सचिवालय बैठकले नुवाकोटमा दुई पार्टीबीच एकता भएसँगै सङ्गठित सदस्य सङ्ख्या १५ हजार ७७५ अनुमोदन गरी केन्द्रीय सङ्गठन विभागमा प्रमाणीकरणको लागि पठाउने निर्णय गरेको हो । बैठकले नेकपा नुवाकोटमा विभिन्न २९ वटा विभाग राख्न यसअघिको जिल्ला कमिटी सदस्यको बैठकले प्रस्ताव गरेर कार्यालय बैठकबाट सिफारिस गरिएका विभागलाई अनुमोदन गर्दै प्रमुख र उपप्रमुखहरु चयन गरेको छ ।

२९ विभागका प्रमुखहरु

  • पार्टी स्कुल विभाग – हीरानाथ खतिवडा
  • सङ्गठन विभाग – नारायणप्रसाद खतिवडा
  • प्रचार तथा प्रकाशन विभाग- बद्री मैनाली
  • कृषि तथा भूमिसुधार विभाग- पशुपति कोइराला
  • कोष तथा आर्थिक व्यवस्थापन – विष्णु लोहनी
  • खानेपानी तथा सरसफाइ विभाग-कमल खतिवडा
  • जलस्रोत, सिँचाइ तथा कर्जा विभाग-शान्ता अधिकारी
  • निर्वाचन विभाग-बाबुराम अधिकारी
  • न्याय, कानुन तथा मावनअधिकार विभाग- लीलानाथ न्यौपाने
  • पर्यटन तथा नागरिक उड्डयन विभाग- काशीराज अधिकारी
  • उपभोक्ता हित तथा आपूर्ति विभाग- ईन्द्रबहादुर पण्डित
  • अर्थ तथा योजना विभाग-खिलप्रसाद दवाडी
  • उद्योग तथा वाणिज्य विभाग-जीतेन्द्र विष्ट
  • प्रादेशिक मामिला विभाग-रामेश्वर खड्का
  • पुस्तकालय तथा अभिलेख विभाग-यमकुमार खाती
  • भौतिक पूर्वाधार तथा यातायात विभाग- तेजबहादुर लामा
  • युवा तथा खेलकूद विभाग-नारायण बस्नेत
  • वन तथा वातावरण विभाग-रत्नबहादुर विश्वकर्मा
  • विज्ञान तथा प्रविधि विभाग-भोला सेढाइँ
  • शिक्षा तथा मानव स्रोत विभाग-विष्णुबहादुर बोगटी
  • श्रम तथा रोजगार विभाग-मङ्गलमाया प्रजापति
  • समाज कल्याण विभाग- लोचन नेपाल
  • सहकारी तथा गरिबी निवारण विभाग-अरुण श्रेष्ठ
  • सामान्य प्रशासन विभाग- मुकुन्द आचार्य
  • साहित्य तथा कला संस्कृति विभाग – टलकमान श्रेष्ठ
  • स्थानीय तह विभाग- बुद्धि प्रधान
  • स्वास्थ्य तथा जनसङ्ख्या विभाग- गमला श्रेष्ठ
  • महिला विभाग- कल्पना रिमाल
  • शहरी विभाग- मानबहादुर तामाङ

दुई पार्टी एक भएसँगै बनाइएको विभाग भएकाले प्रमुख र उपप्रमुख साविकको दुई पार्टीबाट समान सहभागितामा बनाइएको छ । बैठकले समसामयिक राजनीतिक सन्दर्भमा छलफल गर्दै सचिवालय सदस्य र अतिथिबाट आएका राय तथा सल्लाहका आधारमा आगामी दिनमा कार्यान्वयन लैजाने निर्णय गरेको छ । बैठकमा जिल्ला सचिवालयका पदाधिकारीसहित अतिथिको रुपमा वाग्मती प्रदेशका पदाधिकारीको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्