कांग्रेस प्रवेश गर्दै राप्रपा छाडेका थापा समूह



काठमाडौं साउन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका पूर्वमन्त्री सुनीलबहादुर थापा समूह मंगलबार नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् । मंगलबार तीन बजे सानेपामा पार्टी प्रवेश कार्यक्रम राखिएको छ ।

राप्रपा छाडेका नेता किरण गिरीले पनि मंगलबार ३ बजे पार्टी प्रवेश कार्यक्रम रहेको पुष्टि गरेका छन् । थापासहित ३० जनाले केही दिन पहिले मात्र राप्रपाको जिम्मेवारीबाट सामूहिक राजीनामा दिएका थिए ।

कांग्रेसमा थापालाई पदाधिकारी र केहीलाई केन्द्रीय सदस्य बनाउने सहमति भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्