ओलीले एकलौटी स्थगित भनिएको नेकपा बैठक बालुवाटारमै बस्यो



साझा पथ संवाददाता

काठमाडौं,साउन १३ । नेकपा अध्यक्ष ओलीले एकलौटी स्थगित भनिएको नेकपा बैठक स्थायी कमिटी बैठक प्रधानमन्त्रीकै निवास बालुवाटारमा सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक ओलीको सचिवालयले स्थगितको जानकारी गराएर सञ्‍चारमाध्यम प्रचारप्रसार भए पनि दिउँसो पौने २ बजे सुरु भएको हो ।

नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको जानकारी दिएका छन् । ओलीले एकलौटी बैठक स्थगित गराएको थाह भए पछि पार्टीका प्रचण्ड, माधव नेपाल, झलनाथ कित्ताले विरोध गरेका थिए ।

……………………

काठमाडौं,साउन १३ । विवाद समाधानका लागि भनेर बोलाइएको नेकपा स्थायी समिति बैठक स्थगित भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको गृहकार्य बाँकी रहेको भन्दै मंगलबार ११ बजेका लागि तोकिएको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमाेजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले, पार्टी स्थायी कमिटीको आज ११:०० बजे हुने भनिएको बैठक स्थगित गरिएको छ ।’

प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जाउँदै नेकपाभित्र विवाद चलिरहेको छ । यसअघि पटक पटक बोलाइएको स्थायी समिति स्थगित हुँदै आएको छ । खासमा नेकपामा पद विभाजन नमिल्दा झगडा भएको हो ।

प्रतिक्रिया दिनुहोस्