पत्रकार बरालले ल्याइन् ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी..’ गीत



काठमाडौं साउन १४ । ईश्वरी बरालले ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी..’ बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज समर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

सन्जय हमालले एरेन्ज गरेका उक्त गीतको सम्पादन पनि राजकुमारले नै गरेका छन् । डान्सिङ विधाको गीत युवा युवतीको माया प्रेममा आधारित छ ।

गायिका बराल र रचनाकार क्षितिज समर्पण (रामकुमार शाही ) पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्