विद्रोही समूह तालिवानद्वारा युद्धविराम घोषणा



काबुल साउन १४ । करिब दुई महिनाको अवधिमा सरकारले दोस्रोपटक वार्ताका लागि प्रस्ताव गरेसँगै विद्रोही समूह तालिवानले युद्धविराम घोषणा गरेको छ । तालिवानले इद अल–अधाका अवसरमा अफगानिस्तानमा शुक्रबारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको हो ।

तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक विज्ञप्ति जारी गर्दै इद अल–अधाको तीन दिन सबै किसिमका सशस्त्र कारबाही रोक्न आह्वान गरिएको जनाएका छन् ।

यसैबीच, अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान समूहसँग एक साताभित्र शान्तिवार्ता सुरु हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्