सरकारले विपत्‌मा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने



काठमाडौ,साउन १५ । सरकारले बाढी, पहिरोजस्ता विपत्‌मा परी मृत्यु भएमा मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपत्‌मा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ र एक परिवारका एकजनाभन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति एक लाख थप गरी राहत उपलब्ध गराइने सरकारका प्रवक्ता तथा अर्थ तथा सञ्‍चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिएका छन् ।

उक्त रकम एकद्वार प्रणालीमार्फत उपलब्ध गराइने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्