अमेरिकामा गत हप्ता १४ लाखले मागे बेरोजगार भत्ता



काठमाडौं साउन १५ । कोरोनाभाइरसका कारण रोजगारी गुमाएकाहरुले अमेरिकामा पछिल्लो हप्ता बेरोजगार भत्ता माग्नेहरुको संख्या १४ लाख पुगेको छ । बेरोजगार भत्ता माग्नेहरुको सङ्ख्या हरेक हप्ता लाखौँ हुने गरेको अधिकारीहरुले जनाएका छन् ।

रोजगारी खोसिएकाले बेरोजगार भत्ता दावी गर्नेहरुको सङ्ख्या थपिदै गएको तथ्याङ्कमा देखिएको छ । कोरोनाभाइरसको सङ्क्रमण कतिपय ठाउँमा थप फैलिन थालेपछि केही राज्यहरुले व्यापार व्यवसाय पुनः शुरु गर्ने योजनालाई स्थगित गरेका छन् । वेरोजगारीको सङ्ख्या अमेरिकी इतिहासमा आर्थिक मन्दीका समयमा पनि प्रतिहप्ता सात लाखभन्दा बढी नपुगेको तर कोभिड–१९ को कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको र यसको व्यापक विश्वव्यापी असर परेका कारण हालैका केही महिनाहरूमा उच्च रहने गरेको अधिकारीले बताएका छन् ।

लाखौँ उपभोक्ता पहिला झै फेरि यात्रा, किनमेल र कामका लागि पुरानै अवस्थामा फर्किन डराइरहेको पाइएको छ । त्यसैले पनि रोजगारी गुमेकाहरुले बेरोजगार भत्ता माग्नु परेको अधिकारीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्