गीतकार जानु काम्बाङको ‘जुन जस्तो तिम्रो’ गीत सार्वजनिक [भिडियोसहित]



लन्डन साउन १६ । बेलायत निवासी गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुले नयाँ गीत सार्वजनिक गरेकी छन् ।

कोभिड १९ को महामारीले विश्वलाई आक्रान्त पारिरहेको बेला गीतकार लिम्बूले ‘जुन जस्तो तिम्रो’गीत सार्वजनिक गरेकी हुन् । जानुको शब्द रचना रहेको सो गीतमा चर्चित गायक दीपक लिम्बु र जुनु राईले स्वर दिएका छन् भने संगीत सुमन राईको रहेको छ ।

एरेन्जर राजु कार्कीले एरेन्ज गरेको गीतको मिक्सर गोविन्द सोनी रहेका छन् ।

गीतकार जानु काम्बाङ लिम्बु कथा, कविता, संस्मरण लगायतका विभिन्न विधामा पनि उत्तिकै सशक्त कलम चलाउँछिन् । उनको यसअघि नै धेरैवटा गीतहरु बजारमा आइसकेका छन् भने कति गीतहरु चलचित्रका लागि पनि लेखेकी छिन् ।

नयाँ गीत पृथक् र माया प्रेमका बान्कीहरुले सिंगारिएकोले स्रोता दर्शकको मन जित्न सफल हुने गीतकार लिम्बुको अपेक्षा छ । ताप्लेजुङ्गको इखाबुमा जन्मिएकी साहित्यकार लिम्बुको आधा दर्जन बढी प्रकाशित कृति छन् भने केही कृति प्रकाशोन्मुख छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्