पार्टीमा भएका गतिविधिले चिन्ता उत्पन्न भयो : प्रचण्ड



काठमाडौं , साउन १७
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले पछिल्लो समय पार्टीमा भएका गतिविधिले धेरै चिन्ता उत्पन्न गरेको बताएका छन् ।

जन नायक तुलसीलाल अमात्यको २१ औं स्मृति सभामा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले पार्टी एकत प्रक्रिया नटुंगिएको बेलामा भएका पछिल्ला गतिविधिले कार्यकर्ता र आम नागरिकमा अन्योलता छाएको बताएका छन् ।

उनले पार्टीमा रहेका विभिन्न समस्या समाधानका लागि संघर्ष जारी रहेपनि यो पदको निम्ति विवाद नभएको स्पष्ट पारेका छन् ।
उनले विधि पद्धतिको पालना कसरी गराउने भन्दै छलफल चलिरहेको दावी गर्दै पार्टी एकता एउटा ठूलो उत्सवको रुपमा अघि बढेको र पार्टी एकतालाई अछिन्न राखेर अघि बढ्ने भन्ने बारेमा छलफल जारी रहेको उल्ले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्