भारतको उत्तर प्रदेशमा कोरोनाबाट मन्त्रीको निधन



काठमाडौं साउन १८। भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण आइतबार मन्त्रीको निधन भएको छ ।

संक्रमणका कारण उत्तर प्रदेश प्राविधिक शिक्षामन्त्री कमला रानी वरुणको निधन भएको बिबिसी हिन्दीले जनाएको छ । उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएकोमा उपचारकै गर्दागर्दै आइतबार बिहान निधन भएको हो ।

त्यहाँका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति दु:ख व्यक्त गरेका छन् । उनले आइतबार अयोध्या जाने कार्यक्रम समेत रद्द गरेको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्