प्रधानमन्त्री ओली र प्रचण्ड आ–आफ्नै अडानमा, आइतबारको छलफल पनि निष्कर्षविहीन



काठमाडौँ साउन १८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरुबीचको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट नेकपा पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी ता रहेको रहेको थियो ।

झण्डै तीन घण्टाको छलफलमा दुवै अध्यक्षले आफ्नो अडान कायमै राखेपछि कुनै निष्कर्ष निस्कन नसकेको हो ।

केही दिनअघि बोलाइएको स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले एकलौटी रुपमा स्थगित गर्नुभएको केही समयमै २९ जना स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका थिए ।

बहुमत प्राप्त स्थायी कमिटी बैठकले एकलौटी रूपमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठक रोक्नु विधान विपरीत र अनुचित भएको निर्णय गरेको थियो । बैठकले अध्यक्ष प्रचण्डलाई ओलीसँग सहमतिमा बैठक बोलाउने जिम्मा दिए पनि दुई अध्यक्षबीच यो अवधिमा कुराकानी भएको थिएन ।

आइतबारदेखि दुई अध्यक्षबीच फेरि संवाद सुरु भएको हो । अध्यक्ष द्वयबीच गएको साउन १३ गतेदेखि संवाद हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्