अस्ट्रेलियाको भिक्टोरियामा लकडाउन



एजेन्सी साउन १८ । अस्ट्रेलियाको भिक्टोरियामा कोरोना संक्रमणको दर बढ्दै गएपछि लकडाउन अझ कडा बनाइएको छ ।

भिक्टोरिया राज्यका प्रमुख डेनियल एन्ड्रयूले नयाँ नियम स्थानीय समयअनुसार आइतबार साँझ ६ बजेबाट लकडाउन लागू भएको घोषणा गरेका हुन्।

नयाँ नियम अनुसार राजधानी मेलबर्नमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागु हुनेछ ।मानिसहरुलाई घरमै बस्न निर्देशन दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नागरिकलाई आफ्नो घरको ५ किलोमिटरभन्दा टाढा जाने अनुमति दिइनेछैन अति आवश्यक कामका लागि एउटा घरका एक जनालाई मात्र अनुमति दिइएको छ ।

आइतबार भिक्टोरियामा ६ सय ७१ जना नयाँ संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु भएको छ । यो सँगै अस्ट्रेलियामा संक्रमितको संख्या ११ हजार ५ सय ५७ पुगेको छ भने मृतकको संख्या १ सय २३ पुगेको छ ।

देशको अन्य स्थानको तुलनामा भिक्टोरियामा संक्रमण तीब्र रुपमा बढेका कारण प्रतिबन्धको दायारा बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्