मंगलबार बस्ने गरी सकियो नेकपा शीर्ष नेताको बैठक



काठमाडौं,साउन १९ । सोमबार भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान भएको छलफल भोलि (मंगलबार) फेरि बस्ने गरी सकिएको हो।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाल,संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ लगायत नेताको उपस्थिति रहेको थियो । बैठकमा सहभागि प्रचण्ड र खनालले पार्टी भित्रको बैठक स्थायी समिति बैठकबाटै टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । तर, अहिले सचिवालय बैठकले विवाद निरुपण गर्नुपर्ने बताएका थिए। बैठकमा सहभागि एक नेताका अनुसार प्रधानमन्त्री विवाद सचिवायलले टुंगो लगाउनुपर्ने र त्यसलाई स्थायी समिति बैठकले अनुमोदन गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

अन्य नेताले भने पहिले सहमति गरेर विवादलाई स्थायी कमिटी बैठकमा लैजानुपर्ने बताएका थिए।  नेकपाको विवादकै कारण गएको असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्