डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवाद सुल्झाउने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत



काठमाडौं साउन १९

मन्त्रिपरिषद बैठकले डेडिकेटेड र ट्रंक लाइन सम्बन्धी विवाद सुल्झाउने प्रस्ताव स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिवेदनमा के छ भन्ने स्पष्ट नभएपनि समस्या समाधान गर्न मध्यमार्गी उपाय प्रस्तावित गरेको बताइएको छ।

डेडिकेटेड लाइन र ट्रंक लाइन प्रयोग गरेवापत उद्योगी व्यापारीहरुसँग रहेको बक्यौता रकम उठाउन विद्युत प्राधिकरणले ताकेता गरेको थियो। तर व्यवसायीहरुले मानेका थिएनन्। उनीहरु प्रधानमन्त्रीसँग समेत यो गुनासो लिएर पुगेका थिए।

त्यसपछि प्रधामन्त्रीले उर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा व्यवसायीहरु समेत रहने गरी एउटा समिति बनाएका थिए। प्राधिकरणले गरेको ताकेता र ब्यसायीको गुनासोको मध्यमार्गी बाटोबाट जाने गरी उक्त समितिलाई प्रतिवेदन बनाउन भनिएको थियो।

समितिले बनाएको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरी कार्यान्वयन गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको हो।

प्रतिक्रिया दिनुहोस्