फेरि लकडाउनको तयारी, प्रधानमन्त्रीले विज्ञहरुसँग परामर्श गर्दै



काठमाडौं साउन १९

कोरोना महामारीले अवस्था भयावह हुन थालेपछि सरकारले फेरि लकडाउन गर्ने तयारी गरेको छ । पछिल्लो समय दैनिक कोरोना संक्रमितको मृत्यु हुनुका साथै संक्रमण समेत बढ्दै गएपछि सरकारमाथि लकडाउन गर्न दबाब बढेको छ ।

यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग परामर्श गर्दै छन् । यसअघि लकडाउन खोल्दा विज्ञहरुले असन्तुष्टि जनाउँदा पनि सुनुवाई नहुँदा यसपटक प्रधानमन्त्री आफैले विज्ञहरुसँग परामर्श गर्ने तयारी गरेका हुन् ।

सोमबारको मन्त्रिपरिषद बैठकमा पनि लकडाउनबारे छलफल भएको छ । तर फेरि ठाउँ हेरेर लकडाउन गर्ने विकल्पबारे विज्ञहरुको राय लिन लागिएको हो । यसअघि कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमसीमा रहेका मन्त्री, सचिव र अन्य विज्ञहरुले पनि लकडाउनबारे विभिन्न थरीका सुझाव दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्