महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर नठाँनौ : प्रधानमन्त्री ओली



काठमाडौं २० साउन ।
प्रधानमन्त्री केपी ओलीले सरकारले गर्ने कामले मात्रै कोरोना भाइरस संक्रमण नरोकिने बताएका छन । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्री ओलीले संक्रमण रोक्न नागरिक सचेत हुन जरुरी रहेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्रीले भने ‘यता पल्टाएर पनि विरोध,उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन भनेर विरोध । कहिले लकडाउन खोलेको भनेर विरोध । महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न ।’

प्रधानमन्त्री ओलीले महामारी नियन्त्रण गर्न सरकारले गर्ने कामले मात्र नपुग्ने भन्दै जनतामा जति बढी चेतना बढाउन सकिन्छ, कोरोनासँग लड्न पनि त्यति नै सहज हुने बताए । उनले संक्रमणको गतिलाई रोक्दै शून्यमा पुर्‍याउनुपर्ने अहिलेको आवश्यकता भएको बताए।

संक्रमित सबै व्यक्तिहरुलाई निको बनाएर घर पठाउँदै कोभिडको अन्त्य गर्नुपर्ने उनले बताए। उनले खुला सीमाना र विदेशबाट मान्छे आउने क्रम नरोकिँदासम्म संक्रमणको अवस्था भयावह नै रहने चेतावनी समेत दिए।

प्रतिक्रिया दिनुहोस्