पुन : दुई साता लकडाउन गर्न विज्ञको सुझाव



दुई साता पुन: लकडाउन गर्न विज्ञले सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, राजनीतिक पार्टीका वरिष्ठ नेता र विज्ञबीच आज बालुवाटारमा बसेको बैठकमा कोरोना संक्रमण थप भयावह हुन सक्ने चिन्ता व्यक्त गर्दै विज्ञले लकडाउन कम्तिमा पनि दुई साता लामो लकडाउन घोषणा गर्न सुझाएको स्रोतले जनाएको छ ।

लकडाउनका साथसाथै त्यस अवधिभर कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने विज्ञले बताएका छन् । विज्ञको यस सुझावमा प्रधानमन्त्री सकारात्मक देखिएका छन् । विज्ञको सुझावलाई मध्यनजर गर्दै टुङ्गो लगाइने जनाइएको छ ।

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि सुझाव मात्रै नभइ काम पनि गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्