सत्तारुढ नेकपाका दुवै अध्यक्ष आ–आफ्नै अडानमा, वार्ता निष्कर्ष विहिन



काठमाडौं साउन २०

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवादलाई लिएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सकिएको छ।

ओली दाहालबीचको आजको छलफल पनि निष्कर्षविहीन बनेको छ। ओली दाहालको साथमा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको थिए।
अध्यक्ष दाहालले समस्या समाधानका लागि प्रधानमन्त्री ओलीले निकास दिनुपर्नेमा जोड दिइहेका छन्। तर, प्रधानमन्त्री ओली स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक तत्कालै राख्न नसक्ने अडानमा छन्।

समस्या समाधानका लागि छलफल गर्न ओली सचिवालय बैठक राख्न सम्म तयार रहेको स्रोतले बताएको छ। दुवै नेता आआफ्नो अडानबाट पछि नहटेको कारणले सहमति जुट्न नसकेको हो।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा उपाध्यक्ष गौतमलाई फकाउन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाल सक्रिय भएका छन्। मंगलबार छलफलमा जानुअघि अध्यक्ष दाहालले उपाध्यक्ष वामदेव गौतमलाई भेट गरेका थिए।

अध्यक्ष दाहालले गौतमको ६ बुँदे प्रस्तामाथि छलफल गरेका थिए। विवादलाई लिएर समाधानको स्वरुप प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आइतबारबाट छलफल चलिरहेको छ।

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टी दुवै नचलेको भएकाले दुवै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल र नेपाल, उपाध्यक्ष वामदेव गौतम, गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले माग गरेपछि विवाद उत्कर्षमा पुगेको हो।

प्रतिक्रिया दिनुहोस्