‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ : गौतम



काठमाडौं साउन २१

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि नेता वा समूहको पक्षमा नभइ पार्टी एकताप्रति प्रतिवद्ध रहेको दाबी गरेका छन् ।

गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार भएको भेटबारे प्रष्ट पार्दै आफूले प्रचण्डलाई पनि ‘म ठूलो–सानो कुनै पनि गुटमा लाग्दिनँ’ भनेर भैँसेपाटी निवासबाट बिदा गरेको उल्लेख गरेका छन् ।

यसअघि गौतमले गएको साउन १३ गते पार्टी विभाजन रोक्नका लागि भन्दै ६ बुँदे प्रस्ताव गरेका थिए । त्यसैदिन प्रधामन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावमा आफ्नो समर्थन रहेको बताएका थिए । सोही दिन गौतमलाई भेट्न ओली भैँसेपाटी पुगेका थिए ।

मंगलबारको भेटमा प्रचण्डले ‘अब तपाईँ के गर्नुहुन्छ ’ भनि सोधेको प्रश्ब्नको जवाफमा गौतमले ‘आफू व्यक्ति वा समूहको नभइ पार्टी एकताको पक्षमा रहेको’ बताएको उनको सचिवालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्