पदीय झगडा होइन ओलीले बदला लिन खोजे : प्रचण्ड



काठमाडौं साउन २१

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बदला लिन खोजेको गुनासो गरेका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई विधि विधानमा अघि बढाउन खोज्दा ओलीले आफूसँग बदला लिन खोजेको गुनासो गरेका हुन् ।

पार्टीका निर्णयलाई उल्ट्याउने, सचिवालय, स्थायी कमिटी बैठकका निर्णय नमान्ने, यसअघि आलोपालो सरकार चलाउने सहमति भएपनि त्यसबाट आफू पछि हट्दा अहिले तह लगाउन खोज्ने ओलीका प्रवृत्ति बदलामुखी भएको प्रचण्डको टिप्पणी छ ।

साथै प्रचण्ड लगायतका नेताहरुले ओलीसँगको विवाद पदीय भागबण्डाका लागि नभएको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्