तत्काल देशव्यापी रुपमा लकडाउन गर्ने कुनै योजना छैन : मन्त्री खतिवडा



काठमाडौं साउन २२

सरकारले अहिले नै देशव्यापी रुपमा लकडाउन गर्ने कुनै योजना नबनाएको जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले सङ्क्रमण कम देखिएको ठाउँमा क्रमशः खुकुलो पार्दै लैजाने र सङ्क्रमण बढी देखिएको ठाउँमा केही प्रतिबन्ध रहने बताएका छन् ।

लकडाउन भइहाल्ने हो कि भनेर नआत्तिन तर संयममता भने अपनाउन मन्त्री खतिवडाले बताए । पूर्ण लकडाउन हुन्छ कि भनेर नआत्तिन साथै आफू सङ्क्रमित हुन्छु कि, मबाट अरु सङ्क्रमित हुन्छन् कि भनेर ध्यान पुर्‍याउन मन्त्री खतिवडाले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्