प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले नेकपा प्रवक्ता श्रेष्ठलाई भने : पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस्



काठमाडौं साउन २३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायाणकाजी श्रेष्ठको भूमिकामाथि प्रश्न गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा रिमालले कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस समेत भनेका छन्।

रिमालले ट्वीटरमा लेखेका छन्, “इनफ इज इनफ नारायणकाजी श्रेष्ठजी कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्ताउलो नबन्नुहोस् पार्टी एकताविरूद्धका कुनैपनि गतिबिधि कतैबाट पनि नहोस् मुलुक संवेदनशील मोडमा छ महशुस होस् ”

पछिल्लोपटक नेकपामा विधि र पद्धतिको लडाई भन्दै नेताहरुको कित्ताकाट हुँदै आएको छ। यसै सन्दर्भमा अर्का अध्यक्ष पुष्पकलम दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतले प्रधानमन्त्री ओलीको कदमको विरोध जनाउँदै आएका छन् । सरकारको समीक्षालगायत विषयमा छलफल गर्न शुरु भएको नेकपाको स्थायी कमिटीको बैठक अहिले अवरुद्ध छ।

मुलुक संवेदनशील मोडमा रहेको भन्दै उनले पार्टी एकताविरुद्ध कुनै पनि गतिविधि कतैबाट नहोस् भनेका छन् । रिमाल निकट स्रोतका अनुसार पछिल्लो समय प्रचण्ड र माधवकुमार नेपाल समूहले पार्टीसम्वद्ध पत्रकारसँग गरेको भेट तथा छलफललाई लक्षित गरेर उनले यो ट्वीट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्