राष्ट्रियसभाका चारवटै समितिका सभापति निर्वाचित



काठमाडौं साउन २३ ।

राष्ट्रिय सभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा माननीय परशु राम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा माननीय राम नारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा माननीय दिल कुमारी रावल थापा सभापतिमा निर्वाचित भएका हुन् ।

शुक्रबार निर्वाचित सभापतिले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग आइतबार सपथ लिएपछि पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्