भारतमा पहिरो,१६ जनाको मृत्यु ६० बढी बेपत्ता



एजेन्सी,साउन २३ ।भारतको केरलामा ठूलो वर्षापछि पहिरोमा जाँदा १६ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै बेपत्ता भएका छन् ।

इडुक्की जिल्लामा गएको ठूलो पहिरोमा १६ जनाको ज्यान गएको र हराइरहेका ६० जनाभन्दा धेरैको खोजी भइरहेको केरलाका मुख्यमन्त्री पिनारइ विजयनले बताएको बीबीसीले जनाएको छ । ५० जनाको उद्धार गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्ति गर्दै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।

केरला राज्यमा ठूलो वर्षापछि ठाउँ–ठाउँमा बाढी र पहिरोको प्रकोप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्