शीर्ष नेतृत्वतहमा देखा परेको अन्तरविरोधमा साथ नदिने नेकपा सांसदहरुको चेतावनी



काठमाडौं साउन २५ ।

नेकपाबाट प्रतिनिधि सभामा प्रतिनिनिधित्व गर्ने सांसदहरुले नेकपा शीर्ष नेतृत्वतहमा देखा परेको गम्भीर अन्तरविरोधले नेपाली आम जनता कार्यकर्ता मर्माहात भएको बताएका छन्।

नेकपा ६१ सांसदहरुले पत्रकार सम्मेलन गर्दै शीर्ष नेतृत्वमा देखापरेको अन्तरविरोधले नेपाली आमजनता, कार्यकर्ता मर्माहत भएको उल्लेख गरेका हुन्।

उनीहरूले दुई तिहाई बहुमत प्राप्त कम्युनिस्ट पार्टीको एकता प्रक्रिया पूरा नहुँदै विग्रहतिर जाने सम्भावना बढेको औंल्याउँदै चिन्ता समेत व्यक्त गरेका छन्।

सिंगो नेपाली समाजको रुपान्तरण, राष्ट्रिय एकता, सबल अर्थतन्त्रको निर्माणर वैज्ञानिक समाजवादी दिशाको यात्रामा अविचलित पाइलाहरु अगाडि बढ्नु पर्ने उनीहरूको ठहर छ।

यस्तै सहिद र लाखौँलाख कार्यकर्ताको त्याग तथा समपर्णलाई हेक्का नराखी पार्टीको नीति, कार्यक्रम, सिद्धान्त, लक्ष्य उदेश्य संगठनात्मक संरचना सम्बन्धी बहसभन्दा शीर्ष नेतृत्वतहमा देखा परेको अन्तरविरोधमा साथ नदिने ती सांसदहरुले चेतावनी दिएका छन्।

पार्टीभित्र देखा परेको संकट समाधानको लागि नेतृत्वतहलाई दबाब दिन पार्टी एकतालाई थप बलियो बनाउन कतै विभक्त नभई एकताको पक्षमा उभिएको उनीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्