भारतीय विदेशमन्त्रीको अभिव्यक्तिबारे सरकारले भारतसंग औपचारिक कुरा गर्नुपर्छ : वरिष्ठ नेता नेपाल



काठमाडौं साउन २५ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा माधवकुमार नेपालले भारतीय विदेश मन्त्री एस जयशंकरको बुद्ध सम्बन्धी विवादित अभिव्यक्तिबारे नेपाल सरकारले भारतसँग औपचारिक रुपमा कुरा गर्नुपर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै बोलेको ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने भनाइको समेत जयशंकरले खण्डन गरेको नेता नेपालले उल्लेख गरेका छन् ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै बुद्ध नेपालमा जन्मिएका हुन भनेर स्पष्ट रुपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुःखद रहकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रुपमै भारतसँग कुन गर्न अनुरोध गर्दछु’ नेता नेपालले ट्विटरमा लेखेका छन् ।

नेपालमाथि नाकाबन्दी गर्ने बेलामा भारतीय विदेश सचिव रहेका जयशंकरले तथ्यहीन धारणा राखेको पूर्व प्रधानमन्त्री नेपालको निश्कर्ष छ ।

जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्