भारतीय विदेशमन्त्रीलाई नेपालको जवाफ : बुद्ध नेपालमै जन्मिएका हुन् यसमा बहस गरिरहनु पर्दैन



काठमाडौं साउन २५ ।

भारतीय विदेशमन्त्रीको विवादास्पद अभिव्यक्तिविरुद्ध नेपाल सरकारले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकालेर आफ्नो औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको हो ।

भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धलाई ‘महान भारतीय’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । परराष्ट्रले बुद्ध नेपालमै जन्मेको र नेपाली भएको कुरा विश्वव्यापी सबैलाई थाहा भएको भन्दै यो विषयमा बहस आवश्यक नरहेको पनि स्पष्ट पारेको छ ।

भारतले बेला बेला बुद्ध भारतमै जन्मेको र भारतीय भन्दै विवाद सिर्जना समेत गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्