गीतकार डा. उपाध्यायले एकै दिन बनाए १७ वर्ल्ड रेकर्ड



काठमाडौ साउन २५ ।

गीतकार डा.डिआर उपाध्यायले नेपालका लागि फेरि नयाँ रेकर्ड कायम गरेका छन् ।

उनले १७ फरक विधामा विश्व किर्तिमानी कायम गर्दै नेपालका लागि नयाँ रेकर्ड बनाएका हुन् ।

आईतबार राजधानीमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादबले डा.उपाध्यायलाई १७ विधाको वर्ल्ड रेकर्ड सर्टिफिकेट प्रदान गरे । उपाध्यायलाई प्रदान गरिएको १७ विधा १० विश्व रेकर्ड संस्थाबाट प्रदान गरिएको हो ।

एकै दिन फरक संस्थाबाट १७ वल्र्ड रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहन गर्ने उपाध्याय नेपालको पहिलो व्यक्ति हुन् । कार्यक्रममा मन्त्री यादवले डा।उपाध्याय नेपालको लागि गौरव भएको धारणा राखेका थिए ।

डा। उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एशियन वल्र्ड रेकर्ड, च्याम्पिएन बुक अफ वल्र्ड रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाईटेड किङडम, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एस्क्युसिभ वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एशियन रेकर्डबाट १७ विधामा वल्र्ड रेकर्ड प्राप्त गरेका हुन् ।

उनले सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाईनको गीत, केटा र केटीको गायन रहेको शब्द शब्दको गीत, परिभाषित गीत, हुलाक टिकटमा प्रकाशित विशिष्ट व्यक्तिहरुको नामबाट गीत, अक्षर अक्षरको गीत, तीनवटा सप्तक बनेको गीत, सगरमाथा आरोहणको नामबाट गीत, उपन्यासको नामबाट गीत, सगरमाथा शब्द धेरै पटक प्रयोग गरेर बनेको गीत, बोटबिरुवाको नामबाट गीत, धेरै पटक मुटु शब्द प्रयोग गरेर गीत, संसारमा सबैभन्दा सानो आकारको गीति पुस्तक ९२ बाई २ इन्च०, ८ वटा उपन्यासको एउटै पुस्तक, एकै दिन १९ गीतिसंग्रहको बिज्ञापन, एकै दिन १९ ओटा सिडी एल्बम धेरै पोष्टबक्समा खसालेको, एउटै गीतको स्थाई र अन्तरा धेरै ब्यक्तिले एकै पटक गाएको, आफ्नै शब्द रचनाको ३÷२ को सबै भन्दा धेरै प्रकारको फ्लेक्स पोष्टरबाट रेकर्ड बनाएका हुन् ।

यस अघि गिनिज वल्र्ड सहित १५ विधामा विश्व किर्तिमानी कायम गरेका उपाध्यायको अहिले ३२ फरक बिधामा विश्व किर्तीमानी कायम भएको छ । डा। उपध्यायको रेकर्ड नेपाली गीतसंगीतमा लाग्नेहरुको लागि अत्यन्त सुखद पक्ष रहेको कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि गौतमले बताए ।

किर्तिमानी गीतकार उपाध्यायले ब्यक्ति भन्दा पनि नेपाली गीतसंगीतलाई विश्व बजारमा परिचित गराउन सबै वल्र्ड रेकर्डमा नेपालको नाम लेखाउन आफुले नयाँ नयाँ कार्य गर्ने गरेको बताए ।

कार्यक्रममा डा। उपाध्ययको नयाँ ४ गीतिसंग्रह कर्तब्य बोध, धरोहर, सपनाको महल, हृदयको झँकार, संसारकै सानो गीति पुस्तक अनूभूतिको मझेरी समेत मन्त्री यादबले बिमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्