श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले लिए शपथ



कोलम्बो साउन २५ । श्रीलंका पोदुजाना पेरामुना पार्टीका नेता एवं पूर्वराष्ट्रपति महिन्दा राजापाक्षले आइतबार श्रीलंकाको प्रधानमन्त्री पदको शपथ लिएका छन् ।
संसदको निर्वाचनमा पेरामुना पार्टीले भारी बहुमत प्राप्त गरेसँगै महिन्दा राजापाक्ष प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले श्रीलंकाको राजधानी कोलम्बोको बाहिरी इलाकामा रहेको केलानीया बौद्ध मन्दिरमा आयोजित भव्य समारोहमा प्रधानमन्त्री पदको शपथ लिएकोाथिए । कार्यक्रममा कुटनीतिक समुदायका व्यक्ति तथा सत्तापक्ष र विपक्षी दलका सांसदहरुको उपस्थिति थियो ।

राजापाक्षले श्रीलंकामा यो सहित चौथो पटक प्रधानमन्त्री पदको शपथ लिएका हुन् । उनको दल पेरामुनाले गत अगष्ट ५ मा सम्पन्न चुनावमा २२५ सदस्यीय संसदमा १४५ स्थानमा जितेको थियो । उनको नयाँ मन्त्रिपरिषद यही साताको अन्त्यसम्ममा घोषणा हुने विदेशका सञ्‍चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्