भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण



नयाँदिल्ली साउन २६ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण भएको सोमबार पुष्टि गरिएको छ । उनी हालै कोरोना भाइरसबाट संक्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा उनलाई पनि संक्रमण पुष्टि भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन् । आफूलाई संक्रमण पुष्टि भएपछि उनले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा सोमबार लेखेका छन्, ‘मलाई आज कोरोनाभाइरसको सङ्क्रमण भएको भएको छ, पछिल्लो हप्ता मेरो सम्पर्कमा रहनु भएका सवैलाई उच्च सतर्कताका साथ आफै एकान्तबासमा बस्न र कोरोनाभाइरसको परीक्षण गर्न आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्