स्वास्थ्यमन्त्री ढकालको शुभकामना : सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस्



काठमाडौं साउन २७ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्ने टिप्पणी गरेका छन् ।

मति बिग्रिएकाहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको उनको आरोप छ ।

मंगलबार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको आलोचना गरेर कोरोनाविरुद्धको लडाई नजितिने बताए ।

महामारीबाट बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाई फेरि पनि लड्न सकिने उनले बताए । उनले भने ‘सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन् । म्याण्डेटपछि त्यो खेलमा लाग्दा पनि केही बिग्रिदैन’ ।

कोरोना संक्रमण समुदाय स्तरमा देखिएपनि स्थिति सरकारको नियन्त्रणमै रहेको उनले बताए । अन्य मूलुकहरुको तुलनामा पनि नेपालमा संक्रमण नियन्त्रणका गरिएका कार्यहरु प्रभावकारी भएको स्वास्थ्यमन्त्री ढकालले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्