होटल रेस्टुरेन्ट बन्द गर्ने सरकारको निर्णय



काठमाडौं साउन २७ ।

सरकारले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने तर प्याकिङ गरेर खानारखाजा भने डेलिभरी गर्न दिने निर्णय गरेको हो ।

यसअघि गएको साउन ५ गतेको बैठकले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको थियो ।

तर सामाजिक दुरी पालना नगरेको, भिडभाड गरेको र कोरोनाबाट बच्नको लागि अपनाउने उपाय नअपनाएकाले होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्