कांग्रेस वरिष्ठ नेता पौडेलको टिप्पणी: देउवाले विधान मिच्नुलाई बहादुरी ठाने



काठमाडौं साउन २८ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विधान मिच्दा पार्टी सभापति शेरबहादुर देउवाले बहादुरी ठान्ने गरेको टिप्पणी गरेका छन् ।

पछिल्लो समय देउवाले विभाग गठन तीव्र बनाएका छन् । पार्टीको विधानअनुसार महाधिवेशन भएको महिनाभित्र गठन गर्नुपर्ने विभागहरु अर्को महाधिवेशनको मिति तय भइसकेको अवस्थामा बनाउनु गलत भएको पौडेल समूहले बताएको छ ।

चार वर्षे कार्यकाल रहँदासम्म केही नगरेका सभापति देउवाले काम चलाउ भएपछि विभागहरुमा मान्छे भर्ना गरेर विधानको धज्जी उडाएको उनको आरोप छ ।

विशेष अधिवेशन बोलाउने अवस्था नरहेको भन्दै उनले यो मुद्दालाई महाधिवेशनमै उठाउने बताए । आगामी महाधिवेशनबाट देउवाको विकल्प खोज्नुपर्ने उनले बताए । आफूले म नै सभापति हुनुपर्छ भनेर दाबी नगरेको तर सबैलाई न्याय पनि गर्नुपर्ने पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्