कांग्रेस नेता केसी भन्छन् : युवाहरू समकालीन देश र दुनियाँका वास्तविक मालिक हुन्



काठमाडौं साउन २८ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले विगतको विरासत र भविष्यका योजना बोकेका युवाहरू समकालीन देश र दुनियाका वास्तविक मालिक रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा बुधबार बधाई तथा शुभकामना प्रेषित गर्दै नेता केसीले विश्व–शक्तिको केन्द्रीय स्रोत युवा वर्गमा निहीत रहेको समेत बताए । विश्व–शक्तिको केन्द्रीय स्रोत युवा वर्गमा निहित छ । विगतको विरासत र भविष्यका योजना बोकेका वर्तमानका युवाहरू समकालीन देश र दुनियाका वास्तविक मालिक हुन् । त्यसकारण विश्वब्यापी गतिविधिमा युवा सहभागिताको अर्थ, युवावर्गको बढ्दो कर्तब्य, जिम्मेवारी र उत्तरदायित्व हो,ु उनले सामाजिक सञ्‍जाल फेसबुकमा लेखेका छन्, ुयो अन्तरनिहित भावनालाई आजका युवाहरूले आत्मसात गर्न सकेमा विश्वले निसन्देह आफ्नो निर्धारित साझा लक्ष हासिल गर्नेछ ।ु

नेता केसीले समस्त युवाहरूले विश्वब्यापी भएर सोच्ने र स्थानीय रुपले काम गर्ने कार्यशैली अपनाउनु उचित हुने आफ्नो मान्यता रहेको उल्लेख गरेका छन् ।

नेपालको लोकतान्त्रिक आन्दोलन, परिवर्तन र विकासको ऐतिहासिक आधार, नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र, विधिसंगत र पारदर्शी कार्यशैलीको लागि युवा सहभागिताका साथै सकारात्मक दबाबको नितान्त खाँचो रहेको भन्दै उनले यसको निम्ति युवाहरूको सकारात्मक सहभागिता आजको आवश्यकता रहेको पनि बताए । उनले भने, ुव्यवस्थाको सुदृढीकरण र अवस्थाको शुद्धीकरणमा युवा सहभागिता जुटोस् यो नै अन्तर्राष्ट्रिय युवा दिवसको नेपाली सार्थकता हुने मेरो निष्कर्ष छ ।ु

ुचेतना, ज्ञान र परिवर्तनका सम्वाहक, भविष्यका धरोहर युवाहरु नै राष्ट्रका शक्ति रहेको हुन् । देशमा देखिएको विधिहिनता, नीति हीनता, भ्रष्टाचार, अपारदर्शी र हठवादी कार्यशैलीविरुद्ध सशक्त वैचारिक पुनर्जागरण गर्दै नयाँ समाज निर्माणमा निरन्तर सफलता मिलोस् अन्तर्राष्ट्रिय युवा दिवसको हार्दिक शुभकामना १ु नेता केसीको सन्देशमा छ ।

१२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने राष्ट्रसंघीय घोषणाअनुरुप यस वर्ष ‘विश्वब्यापी गतिविधिमा युवा सहभागिता’ भन्ने आदर्श भावनाका साथ मनाइँदैछ । राष्ट्रसंघले सन् १९८५ लाई अन्तर्राष्ट्रिय युवावर्ष घोषणा गरेको बेला आफू ३८ वर्षे तरुण रहेको समेत नेता केसीले स्मरण गरेका छन् ।

दिवसको पावन अवसरमा समस्त तरुण पुस्ताप्रति हार्दिक बधाई ज्ञापन गर्दै युवाहरूका हरेक सिर्जनशील कदममा सार्थकता र सफलताका लागि हार्दिक शुभकामनासमेत नेता केसीले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्