प्रतिभाशाली गायिका तिवारीको ‘तिनपाते’ चर्चा र प्रशंसा



काठमाडौं साउन २९ । भ्वाईस अफ नेपालबाट उदाएकी प्रतिभाशाली गायिका विद्या तिवारीको केही साताअघि बजारमा आएको ‘तिनपाते’ गीतले यतिबेला बजार तताइरहेको छ ।

ग्रामीण भेगको निश्चल प्रेम जुन अभाव र गरिबी बिचमै पनि खुसीले मौलाएको छ यही विषयको चित्रणसहित आएको गीतले टिकटक र युट्युबमा सकारात्मक सफलता हात पार्दै चर्चा र प्रशंसा बटुलिरहेको छ । सुजन चापागाईंसँगको युगल आवाजमा रहेको यो गीतको शब्द, संगीत, स्वर र भिडियोको तारिफ भइरहेको गायिका तिवारी बताउँछिन् । जसलाई हर्क साउदले लेखेका हुन् भने संगीत गायक चापागाईं स्वयंको छ ।

सँगै हुर्किएका दुई बालबालिकाको अबोध माया र ठूलो हुँदै जाँदाको आत्मियताका कारण यो गीत बच्चादेखि घर गृहस्थी जीवन बिताइरहेका र प्रेममा रहेका नारी पुरुषको रुचीमा छ ।

भिडियोमा चित्रण गरिएका नेपाली समाजको यथार्थताले गीतलाई अझै सशक्त बनाएको छ । एउटा गीतले नै गरिबी, स्वाभिमान, परिश्रमी र मेहनती संस्कार, कृषक जीवन, पारिवारिक दायित्वका कथा र ती कथाको मर्म समेट्न सकेकाले तिनपाते गीत लोकप्रिय बन्दै गएको दाबी निर्माण पक्षको छ । भिडियोमा मिलन खत्री, अनु काफ्ले, सम्रान्त थापा, आयुश्मा काफ्ले र नयन नेपाल लगायतको अभिनय छ ।

तिवारीका डलर, मनको ढोका, तिमीलाई म के भनुँ लगायतका गीतहरु पनि संगीतकर्मी र स्रोतामाझ प्रशंसा बटुल्न सफल गीत हुन् ।

प्रतिक्रिया दिनुहोस्