प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता सकियो, वार्ता सकारात्मक



काठमाडौं साउन २९ ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको छलफल सकिएको छ।

पार्टीभित्रको विवाद समाधान गर्न बसेको छलफल सकारात्मक दिशातिर अघि बढेको नेताहरुले बताएका छन् । पार्टीभित्रको विवाद समाधान गर्न बसेको सकारात्मक दिशाउन्मुख भएको अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले बुधबार एक टेलिभिजन संवादमा नेकपाको विवाद मिल्ने घोषणासहित ५ दिनको डेटलाइन तोकेका थिए। प्रधानमन्त्री ओलीले ५ दिनको डेटलाइन तोकेको भोलिपल्ट अध्यक्ष प्रचण्ड ओलीलाइृ भेट्न बालुवाटार पुगेका थिए।

गत मंगलबार लगानी बोर्डको सिइओ नियुक्तिको बिषयलाई लिएर ओली(दाहाल चर्काचर्की भएको थियो। त्यही विवादपछि भेटवार्ता हुन सकिरहेको थिएन।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मासहितका नेताहरु दुई अध्यक्षबीच कुरा मिलाउन जुटेका थिए। ओलीले बुधबार आफू पार्टी फुटाउने होइन, जुटाउने लाइनमा रहेको बताएका थिए।

प्रधानमन्त्री ओलीबाट सरकार र पार्टीको नेतृत्व नचलेको भन्दै अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले स्थायी कमिटीमा राजीनामा मागेपछि विवाद चर्किएको थियो।

प्रतिक्रिया दिनुहोस्