प्रधानमन्त्री ओलीसँगको भेटपछि प्रचण्ड समूहको छुट्टै भेला



काठमाडौं साउन २९ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थापागाउँमा आफ्नो समूहको छुट्टै भेला शुरु गरेका छन् ।

प्रचण्डसँगै वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा कृषिमन्त्री घनश्याम भुषालबीच छलफल चलिरहेको छ ।

थापागाउँको प्रेसिडेन्ट कलेजमा प्रचण्ड, माधव नेपाल लगायतले ओलीसँगको भेटघाटपछिको रणनीति बनाउन भेला शुरु गरेको बताइएको छ । ओलीले आगामी महाधिवेशन आयोजक समिति बनाएर प्रचण्डलाई मनाउने प्रयास गरिरहेका छन् ।

अहिले सत्ता छाड्दा पार्टी र जनतालाई राम्रो सन्देश नजाने भन्दै महाधिवेशनबाट समाधान खोज्नेगरी अघि बढ्ने प्रस्ताव गरेपछि प्रचण्डले आफू निकटका नेताहरुसँग छलफल शुरु गरेका हुन् । झण्डै एक हप्तापछि बालुवाटारमा आज प्रचण्ड र ओलीबीच चार घण्टा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्