साउदीबाट लमजुङका पहिरोपीडितलाई दुई लाखभन्दा बढी सहयोग



लमजुङ साउन ३० । रोजगारीको क्रममा साउदी अरबमा रहेका नेपाली दाजुभाइले मर्स्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीका पहिरो पीडितला सहयोग पठाएका छन् ।

साउदीबाट प्राप्त उक्त सहयोग रकमलाई पहिरोपीडितका लागि स्थापित विपद् कोषमा रहने गरी २ लाख २९ हजार ४ सय ८५ रुपैयाँ वडाध्यक्ष प्रेमबहादुर बस्नेतलाई हस्तान्तरण गरिएको हो । नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ, महासंघका केन्द्रीय सदस्य नवीनराज कुइँकेल र महासंघ शाखाका उपाध्यक्ष कृष्ण आलेले गाउँपालिकाको कार्यालय भुलभुलेमा पुगेर रकम हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, गाउँपालिकाका वडाअध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । साउदी अरबको दम्मामस्थित साउदी डोलोमाइट एण्ड जिर्को कम्पनीमा कार्यरत कर्मचारीबाट संकलन गरिएको पहिरोपीडितका लागि राहत नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङमार्फत पठाएको राहत संकलनकार्यका अगुवा पूर्णबहादुर रिमालले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्