११ तस्बिरमा हेर्नुहोस् सिन्धुपाल्चोकको पहिरो



सिन्धुपाल्चोक साउन ३० । अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो । पहिरोमा केही स्थानीय पुरिएको अनुमान गरिए पनि स‌ंख्या यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने पुरिएका मध्ये पाँच घरका स्थानीय सम्पर्कविहीन रहेको जानकारी दिए ।
पहिरोस्थलमा सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको टोली पुगेको छ । सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएको र कसैको शव निकालन नकसकिएको बताए । ५ ना गम्भीर घाइतेहरुलाई चौतारा लगिएको छ ।

तस्बिर : सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपाने ।

प्रतिक्रिया दिनुहोस्