१७ प्रतिशतले खुम्चियो मलेसियाको अर्थतन्त्र



क्वालालम्पुर साउन ३० । मलेसियाको अर्थतन्त्र अन्तिम त्रैमासिक अवधिमा झण्डै १७ प्रतिशतले संकुचित भएको छ । सन् २००८ को विश्वव्यापी आर्थिक संकटयता पहिलो पटक मलेसियाको अर्थतन्त्रमा यतिठूलो संकुचन आएको यो पहिलो पटक हो ।

नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको मलेसियाको केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा अप्रिल–जुन महिनाको अवधिमा खुद वार्षिक वृद्धिदरमा १६.५ प्रतिशतले कमी आएको उल्लेख छ । वर्षको पहिलो त्रैमासिक अवधिमा मलेसियाको अर्थतन्त्रको संकुचन २ प्रतिशत थियो ।

कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले गरिएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द, यात्रा प्रतिबन्ध तथा अन्य व्यवस्थाले अर्थतन्त्रमा गहिरो असर परेको बैंकको भनाइ छ । तर बैंकले मे महिनामा महामारीसँग सम्बन्धित कतिपय प्रतिबन्धहरु हटाइएपछि निर्यात, औद्योगिक उत्पादन र उपभोग्य खर्चमा उल्लेख्य सुधार आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्