कोरोना संक्रमितको संख्या विश्‍वमा २ करोड १३ लाख नाघ्यो [महादेशको विवरणसहित]



काठमाडौं ३१ साउन । संसारमा २ करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट ७ लाख ६३ हजार ३८७ लाख कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

सङ्क्रमित मध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७३७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितहरु मध्ये ६४ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

  • संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २६६ जनामा कोरोना भाइरसका सङ्क्रमित
    अमेरिकामा १ लाख ७१ हजार ५३५ व्यक्तिको मृत्यु
  • दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमित
    १ लाख ७३ हजार २८३ जनाको मृत्यु
  • उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७५९ जना कोरोना भाइरस संक्रमित
    दुई लाख ४४ हजार ९०७ जनाको मृत्यु
  • युरोपमा ३१ लाख २९ हजार ५४५ जना कोरोना भाइरस संक्रमित
    दुई लाख २ हजार ५०१ को मृत्यु
  • एसिया ५४ लाख ९० हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण
    १ लाख १७ हजार १३३ जनाको मृत्यु भएको छ ।
  • अफ्रिकामा ११ लाख १ हजार ३४२ जनामा कोरोना भाइरस संक्रमण
    २५ हजार १४३ जनाको मृत्यु
  • ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण
    ४०५ जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्