कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १ सय १ पुग्यो



बुटवल साउन ३१ ।

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ७ का ४० वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय १ पुगेको छ।

ज्वरो खोकी र श्वासप्रश्वासको समस्या भएपछि उनी साउन २९ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार बिहान स्वास्थ्य गम्भीर भएपनि श्वास नलीमा ट्युब राखेर उपचार भइरहेको थियो।

उनको शनिबार बिहान नै कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्