सिन्धुपाल्चोक घटनामा प्रतिपक्षी कांग्रेसको प्रश्न : पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार ?



काठमाडौं साउन ३१ ।

नेपाली कांग्रेसले सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित लिदीका नागरिकले सहयोग माग्दा राज्यले बेवास्ता गरेको प्रति प्रश्न गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक नोट जारी गर्दै प्रश्न गरेका छन्, ‘जनताको गुहार पछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै दोषी कि सरकार जिम्मेवार रु’

पहिरोको जोखिममा रहेका नागरिकले केही दिनअघि आफूहरु बसेको क्षेत्र जोखिममा रहेको र सहयोग गरिदिनुपर्यो भन्दा राज्यले नसुनेको कांग्रेसको कांग्रेसको आरोप छ।

सरकारले उक्त क्षेत्रका नागरिकहरुको सहयोगका याचनालाई बेवास्ता गरेको र समस्या सुल्झाउन हेल्चक्र्याईँ गरेको प्रवक्ता शर्माको टिप्पणी छ।

उनले अगाडि भनेका छन्, ‘हामी प्रश्न गर्न चाहन्छौ जनताले लिखित रूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन रु लिदिबासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो रु जनताको जीवन प्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठुलो उदाहरण अर्को के हुनसक्छ रु’

प्रवक्ता शर्माले कोरोनाको महामारीसँग जुध्न असफल भइरहेको सरकार सिन्धुपाल्चोकको घटना पश्चात् शासकीय योग्यता र सार्थक अस्तित्वको शून्यतामा पुगेको आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्