कोरोना अपडेट: बितेको २४ घण्टामा ६४१ संक्रमित थपिए



काठमाडौं, साउन ३२ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका आज ६ सय ४१ संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २६ हजार ६ सय ६० पुगेको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर ह्वात्तै वृद्धि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

आजसम्म १७ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् । आज १३४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्